Kathmandu Press

चीनको गान्सु प्रान्तसँग गासियो प्रदेश ३ को भगिनी सम्बन्ध

काठमाडांँ, वैशाख ३० : चीनको गान्सु प्रान्तसँग प्रदेश ३ ले भगिनी सम्बन्ध गासेको छ।

काठमाडौमा भएको गान्सु नेपाल आर्थिक तथा ब्यापारिक सहयोग प्र....

चीनको गान्सु प्रान्तसँग गासियो प्रदेश ३ को भगिनी सम्बन्ध
काठमाडौं प्रेस

काठमाडांँ, वैशाख ३० : चीनको गान्सु प्रान्तसँग प्रदेश ३ ले भगिनी सम्बन्ध गासेको छ।

काठमाडौमा भएको गान्सु नेपाल आर्थिक तथा ब्यापारिक सहयोग प्रवद्र्धन मेलामा दुई पक्षबीच सम्वन्ध गाँस्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल र गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिएनले हस्ताक्षर आज हस्ताक्षर गरेका छन्।

Hardik ivf

भगिनी सम्बन्ध गाँसिसँगै व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा सहयोग पुग्ने मुख्यमन्त्री पौडेलले बताए।

गान्सु प्रान्तका गभर्नर ताङले पानी, पहाड र सगरमाथाको हिउँले नेपाल र चीनलाई जोडेको उल्लेख गर्दै प्रदेश ३ सँगको भगिनी सम्बन्धले दुई देशलाइ थप नजिक बनाएको बताए। यसले दुई देशबीच सहयोग आदानप्रदानमा झनै महत्व राख्ने उनको भनाइ थियो।

यस्तै काठमाडौ महानगरपालिका र चीनको लान्झाउ शहरबीच पनि आर्थिक सहायता र ब्यापार पर्वद्धन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले नेपाल चीनबीच ऐतिहासिक सम्बन्ध रहेको भन्दै लगानी आदानप्रदानमा ध्यान दिनु पर्ने बताए।

यसअघि काठमाडौ महानगरले र चीनका लान्झाउ, सियान, ल्हासा, सेन्जेन, छेन्दु शहरसँग भगिनी सम्बन्ध स्थापना भइसकेको छ। नेपालसँगको व्यापार सहजीकरणमा सघाउन गान्सुका प्रान्तपाल ताङ नेतृत्वको टोली चार दिने नेपाल भ्रमणमा छ।

प्रकाशित मिति: १४:५७ बजे, सोमबार, वैशाख ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्