Kathmandu Press

सनी लियाेनीको जन्मदिनमा भावुक ड्यानियल

काठमाडौं, वैशाख ३० : बलिउड बेबी डल सनी लियाेनीको ३८औं जन्मदिनको अवसरमा उनका पति ड्यानियल वेबरले भावुक हुँदै जन्मदिन र ‘मदर्स डे’को  श....

सनी लियाेनीको जन्मदिनमा भावुक ड्यानियल
एजेन्सी

काठमाडौं, वैशाख ३० : बलिउड बेबी डल सनी लियाेनीको ३८औं जन्मदिनको अवसरमा उनका पति ड्यानियल वेबरले भावुक हुँदै जन्मदिन र ‘मदर्स डे’को  शुभकामना दिएका छन्।

इन्स्टाग्राममा तीन वटा फोटो सेयर गर्दै ड्यानियलले सनीको तीन चरित्र चित्रण गरेका छन्।

पहिलो फोटोमा सनीलाई एक कलाकार÷मोडलको रुपमा देखाउँदै ‘दुनियांले तिमीलाई हेर्ने नजर’ भनेका छन्।

दोस्रोमा एक मायालु श्रीमतीको रुपमा देखाउँदै ‘मैले तिमीलाई हेर्ने नजर’ भनेर उल्लेख गरेका छन्।

त्यस्तै, तेस्रोमा छोराछोरी र आफु पनि भएको फोटो पोस्ट गर्दै ‘एक जिम्मेवार आमाको रुपमा र तिमी’ भनेर लेखेका छन्।

फोटोसँगै उनले लामो भावुक क्याप्सन पनि लेखेका छन्। उनले ‘शब्दहरु तिम्रो बयानको लागि प्रयाप्त नहुने’ भन्दै जन्मदिनको शुभकामना दिएका छन्।

बाल्यकालमा करन्जितको नामले बोलाइने सनी एडल्ट स्टारबाट बिग बोसमा आएसँगै बलिउड कलाकरको रुपमा चर्चित छन्।

उनी चाडै तामिल ड्रामा ‘विरामादेबी’मा देखिँदै छिन्।

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, वैशाख ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्