Kathmandu Press

राष्ट्रिय वाणिज्य बैंकको नाफा तीन अर्ब ४९ करोड

काठमाडौं, वैशाख ३० : राष्ट्रिय वाणिज्य बैंकले नौ महिनामा तीन अर्ब ४९ करोड खुद नाफा आर्जन गरेको छ। यो नाफा सबै बैंकको भन्दा बढी हो।

नविलले ती....

राष्ट्रिय वाणिज्य बैंकको नाफा तीन अर्ब ४९ करोड
काठमाडौं प्रेस

काठमाडौं, वैशाख ३० : राष्ट्रिय वाणिज्य बैंकले नौ महिनामा तीन अर्ब ४९ करोड खुद नाफा आर्जन गरेको छ। यो नाफा सबै बैंकको भन्दा बढी हो।

नविलले तीन अर्ब १९ करोड खुद नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको थियो। राष्ट्रिय वाणिज्य बैंकको नाफा भने १३ प्रतिशतले बढेको छ। गत वर्षको यस अवधिमा बैंकको नाफा तीन अर्ब आठ करोड थियो।

बैंकले चैत मसान्तसम्म एक खर्ब ७२ अर्ब निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब कर्जा प्रवाह गरेको छ।

एक वर्षको अवधिमा बैंकको निक्षेप संकलन आठ अर्बले बढेको छ भने कर्जा प्रवाह २० अर्बले बढेको छ। बैंकको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ८६ पैसा छ।

प्रकाशित मिति: १३:४६ बजे, सोमबार, वैशाख ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्