Kathmandu Press

पाँच महिनामा ३४ करोड राजश्व संकलन 

कैलाली, पुस ७ : यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षको हालसम्म ३४ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ। सवारीकर, आयकर, सवारी...
पाँच महिनामा ३४ करोड राजश्व संकलन 

कैलाली, पुस ७ : यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षको हालसम्म ३४ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ। सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट ३४ करोड ३५ लाख ८८ हजार ४१३ रुपैयाँ राजश्व संकलन गरेको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख लक्ष्मण शाहले जानकारी दिए।

चालु आवको असोजमा सबैभन्दा बढी १३ करोड ८१ लाख सात हजार ६४३ रुपैयाँ र सबैभन्दा कम मङ्सिरमा पाँच करोड ३८ लाख तीन हजार ४९२ रुपैयाँ संकलन भएको प्रमुख शाहले बताए।  त्यस्तै भदौमा १० करोड ३६ लाख ७६० रुपैयाँ, कात्तिकमा नौ करोड १५ लाख ५० हजार १०८ रुपैयाँ र साउनमा पाँच करोड ७० लाख ५६ हजार ४१० रुपैयाँ संकलन भएको छ। 

Hardik ivf

त्यसैगरी विसं २०७४ देखि स्मार्ट लाइसेन्स वितरणकार्य शुरु गरेको यातायात व्यवस्था कार्यालय कैलालीले हालसम्म ३८ हजार ५० जनालाई स्मार्ट लाइसेन्स वितरण गरिसकेको जनाएको छ। स्मार्ट कार्डका लागि कार्यालयमा अहिलेसम्म ५५ हजार ४५६ जनाको आवेदन परेको कार्यालय प्रमुख शाहले बताए। ४६ हजार ९६१ वटा स्मार्ट कार्ड प्रिन्ट भइसकेको र पाँच हजार ४२५ प्रिन्ट हुन बाँकी रहेको उनले बताए। आठ हजार ९११ स्मार्ट कार्ड कार्यालयमा आई वितरण गर्न बाँकी रहेको बताइएको छ।

त्यसैगरी कार्यालयमा हालसम्म विभिन्न किसिमका निजी, भाडाका, सरकारी, संस्थागतलगायतका सवारी साधन गरी एक लाख २४ हजार ७०० बस, ट्रक, टिपर, जेसिबी, कार, डेलिभरी भ्यान, ट्र्याक्टर, पावरटिलर, स्कुटी, मोटरसाइकल, इ–रिक्सा दर्ता भएको बताइएको छ।

प्रकाशित मिति: १८:३१ बजे, मंगलबार, पुस ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्