Kathmandu Press

सारा ग्रुपले नेपालमा भित्र्यायो मलेसियाको आइसोटनिक ड्रिङ्क्स १०० प्लस  

काठमाडाैं, वैशाख २९ : सारा ग्रुपले मलेसियाको नम्बर वान आइसोटनिक ड्रिङ्क्स १०० प्लस नेपालमा भित्राएको छ। मलेसिया र सिंगापुरमा लोकप्रिय रहेको पेय पदार्थ....

सारा ग्रुपले नेपालमा भित्र्यायो मलेसियाको आइसोटनिक ड्रिङ्क्स १०० प्लस  

काठमाडाैं, वैशाख २९ : सारा ग्रुपले मलेसियाको नम्बर वान आइसोटनिक ड्रिङ्क्स १०० प्लस नेपालमा भित्राएको छ। मलेसिया र सिंगापुरमा लोकप्रिय रहेको पेय पदार्थलाई आइतबार नेपालमा सार्वजनिक गरिएको हो।  

मलेसियाको एफ एन्ड एन कम्पनीको मुख्य उत्पादनमा रहेको १०० प्लसले मलेसिया, थाइल्याण्ड र सिंगापुरका साथै यसका आसपासका अन्य मुलुकहरुमा पनि आक्रमक बजार विस्तार गरिसकेको छ। 

१०० प्लसको नेपालमा सारा ग्रुपका प्रबन्ध निर्देशक दीपक केसी, १०० प्लस मलेसियाका म्यानेजर च्याङ्ग जेसी, ब्रान्ड म्यानेजर वाइ यीन, नेपाली राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले सार्वजनिक गरे। सोही अवसरमा नेपालका राष्ट्रिय खेलाडी किरण चेम्जोङलाई १०० प्लस नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको  छ। सारा ग्रुपका अध्यक्ष केसी र खेलाडी चेम्जोङबीच ब्रान्ड एम्बेसडर नियुक्तको सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। 

१०० प्लस मलेसिया, थाइल्याण्ड, सिंगापुर लगायतका मुलुकमा लोकप्रिय रहेको र नेपाली बजारमा पनि चाँडै स्थापित हुनेमा आफू विश्वस्त रहेको सारा ग्रुपका प्रबन्ध निर्देशक केसीले बताए। ‘नेपाली बजारमा धेरैथरि वेभरेज भएपनि यसको स्वाद र गुणस्तरले नेपाली उपभोक्ताको मन चाँडै जित्छ,’ उनले भने।

१०० प्लस मलेसियाका प्रबन्धक च्याङ्ग जेसीले नेपाली उपभोक्ताले गुणस्तरमा विश्वास गर्ने भएकाले १०० प्लसलाई नेपाली बजारमा चाँडै स्थापित हुने विश्वास व्यक्त गरे। ‘यो आइसाटनिक डिं«क हो, यसको स्वाद र गुणस्तरले यो विश्वभर फैलिने क्रममा छ,’ उनले भने।   

नेपाली फुटबलका राष्ट्रिय खेलाडी किरण चेम्जोङ्गले खेल जीवनमा एक्टिभ रहनका लागि विभिन्न वेभरेजको आवश्यक पर्ने भएकाले आइसोटनिक १०० प्लस अरु वेभरेज भन्दा उत्कृष्ट रहेकाले आफू ब्रान्ड एम्बेसडर बनेको बताए।

१०० प्लस मलेसियामा सन् १९८३ मा सार्वजनिक गरिएको थियो। १०० प्लसले खेलजीवन, एक्टिभ लाइफ र थकानका बेला शरिरलाई स्फूर्त राख्न सहयोग पुर्‍याउँछ। यसको विशेष फर्मुलाले गर्दा शरीरमा इनर्जी लस हुँदा रिस्टोर गर्न मद्दत पुर्‍याउँछ। 

१०० प्लस मलेसियाको एफ एण्ड एन समूहभित्रको प्रमुख ब्राण्ड हो। यसलाई एफ एण्ड एन बेभरेजेज मार्केटिङले उत्पादन र बजारिकरण गर्छ, जुन मलेसियाको सबैभन्दा ठूलो सफ्ट ड्रिङ्क्स उत्पादक र वितरक हो।   
 

प्रकाशित मिति: १७:५१ बजे, आइतबार, वैशाख २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्