Kathmandu Press

सवारी चालक कारबाहीबाट तीन लाख राजस्व संकलन

ताप्लेजुङ, पुस ६ : जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको ६ महिनामा तीन लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। मङ्सिर...
सवारी चालक कारबाहीबाट तीन लाख राजस्व संकलन
Hardik ivf

ताप्लेजुङ, पुस ६ : जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको ६ महिनामा तीन लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। मङ्सिर महिनामा मात्रै एक लाख सात हजार ५०० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। एकै महिनामा यति धेरै राजस्व संकलन भएको यो पहिलोपटक हो। 

पछिल्लो ६ महिनामा ४८३ वटा सवारी साधनका चालक कारबाहीमा पर्दा तीन लाख आठ हजार ५०० रुपैयाँ राजस्व जम्मा भएको हो। उक्त अवधिमा १२ ट्रक, ५० ट्र्याक्टर, ३०३ मोटरसाइकल र १४ अटोका चालक कारबाहीमा परेका छन्। बिना लाइसेन्स सवारी साधन चलाएको, कागजपत्र नभएको, ट्राफिक नियम पालना नगरेकोलगायतका कारण ती सवारी साधनका चालक कारबाहीमा परेका हुन्। अघिल्लो आवमा ६ लाख ९४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको थियो। अघिल्लो आवको तुलनामा यो वर्ष बढी राजस्व संकलन हुने अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुमान छ। 

यस्तै पछिल्लो ६ महिनाको अवधिमा सात वटा दुर्घटना भएका छन्। ट्र्याक्टर तीन, जीप तीन र एउटा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी दुई पुरुषको ज्यान गएको सात जना घाइते भएको बताइएको छ। 

प्रकाशित मिति: १८:१९ बजे, सोमबार, पुस ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्