Kathmandu Press

प्रदेश नं १ मा ६० जना संक्रमित निको

प्रदेश नं १ मा ६० जना संक्रमित निको
Hardik ivf

विराटनगर, पुस ५ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ६० जना संक्रमित निको भएका छन्। निको हुनेहरुमा होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालबाट रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ। हालसम्म निको हुने संक्रमितको सङ्ख्या २५ हजार १२० पुगेको छ।

प्रदेशमा अवधिमा २९९ जनाको पीसीआर परीक्षण गरिएकामा १६ महिला र २१ पुरुष गरी जम्मा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। थप हुने सङ्क्रमितमा मोरङमा १६ मध्ये विराटनगरमा आठ, इलाममा सात, झापामा पाँच, सुनसरी र सङ्खुवासभामा दुई/दुई, ओखलढुङ्गामा एक र प्रदेश बाहिरका चार जना रहेका छन्।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्म २९ हजार ३३२ पुगेको छ। यस प्रदेशमा अहिलेसम्म दुई लाख चार हजार २५६ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ।

प्रकाशित मिति: ००:५१ बजे, सोमबार, पुस ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्