Kathmandu Press

बंगलामुखी मन्दिर बिहीबार मात्रै दिनभर खोलिने

ललितपुर, पुस ५ : पाटन दरबार क्षेत्रबाट केहीपर उत्तरमा रहेको बंगलामुखी मन्दिर बिहीबार मात्रै दिनभरी खोलिने भएको छ। बंगलामुखी छेउमै रहेको कुम्भेश्वर महादेव...
बंगलामुखी मन्दिर बिहीबार मात्रै दिनभर खोलिने

ललितपुर, पुस ५ : पाटन दरबार क्षेत्रबाट केहीपर उत्तरमा रहेको बंगलामुखी मन्दिर बिहीबार मात्रै दिनभरी खोलिने भएको छ। बंगलामुखी छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिर जीर्णोद्वार भइरहेकाले हप्तामा एक दिन मात्रै खोलिने भएको हो। 

गत चैत ११ गतेदेखि कोराना महामारीका कारण मुलुक बन्दाबन्दी भएसँगै बङ्गलामुखी मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। यही पुस २ गतेदेखि मन्दिर खुला गरिए पनि बिहान ५ः०० देखि १०ः०० बजेसम्म र साँझ ५ः०० बजेपछि मात्रै दशनार्थीलाई मन्दिर प्रवेश गर्न दिइएको बंगलामुखी–कुम्भेश्वर मन्दिरका मूल पूजारी माधवश्याम शर्माले बताए। 

उनले भने, ‘कोभिड महामारी अघि सातै दिन मन्दिरको मूल ढोका खोलेर बिहान, दिउँसो र बेलुका जुनसुकै समय भक्तजनलाई दर्शन गर्न दिइन्थ्यो तर हाल कुम्भेश्वर मन्दिर जीर्णोद्वार भइरहेकाले केही सामग्री खसेर चोट लाग्छ कि भन्ने डरका कारण बिहीबार मात्रै पूरा दिन खोल्ने र अन्य दिन बन्द गर्ने भएका हौं।’ माहामारीअघि माताको दर्शन गर्न प्रत्येक दिन हिन्दूका साथै बौद्ध धर्मावलम्बी बङ्गलामुखी आउथे। बंगलामुखीलाई दशमहाविध्यामध्ये एक विध्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रुपमा पुजिने गरिएको शर्माले जानकारी गराए। 

प्रकाशित मिति: २०:१२ बजे, आइतबार, पुस ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्