Kathmandu Press

इलाममा ६ हजारभन्दा बढी सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने

इलाम, पुस ४ : लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश १ सरकारले लालपुर्जा वितरण गर्ने भएको छ। इलामस्थित माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका...
इलाममा ६ हजारभन्दा बढी सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने

इलाम, पुस ४ : लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश १ सरकारले लालपुर्जा वितरण गर्ने भएको छ। इलामस्थित माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका ६ हजार ५१५ घरपरिवारलाई पहिला चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो । 

प्रदेश सरकारले सुकुम्वासी नागरिकलाई लालपुर्जा वितरणका लागि प्रदेश नं १ का ३० स्थानीय तहका एक लाख नागरिकलाई लालपुर्जा वितरण गर्नेछ। यसका लागि प्रक्रिया अघि बढेको भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारी दिए। 

Hardik ivf

आयोगले भूमिहीन-सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्नका लागि स्थानीय तहका पदाधिकारीबीच समझदारीपत्रमा हस्तान्तरण गरेको छ। माई नगरपालिकामा ९५७ घरपरिवार सुकुम्वासी छन्। यस्तै तीन हजार २३८ घरपरिवार भने अव्यवस्थितरूपमा बसोबास गरिरहेकाको सङ्ख्या हो। सुकुम्वासी र अव्यवस्थित गरी चार हजार १९५ घरपरिवार सुकुम्वासी रहेको प्रदेशको तथ्याङ्कमा उल्लेख छ। 

त्यस्तै माङसेबुङ गाउँपालिकामा ४९ दलित सुकुम्वासी, ४७१ अन्य समुदायका सुकुम्वासी र एक हजार आठ सय अव्यवस्थित गरी दुई हजार तीन सय २० घरपरिवार सुकुम्बासी रहेका छन्। सरकारले भूमि सम्बन्धि ऐन २०२१ को आठौं संशोधन पछि नियमावलीको १८ औं संशोधनका आधारमा नौ वटा कार्यविधि तयार पारेर काम थालेको आयोग अध्यक्ष ज्ञवालीको भनाइ छ।

यसका लागि आगामी फागुनसम्ममा लगत सङ्कलनका लागि पालिकाले नागरिकको घरमै पुगेर फाराम भराउनु पर्नेछ। अव्यवस्थित रूपमा बसोबास आएकालाई सेतो र दलित तथा व्यवस्थित रूपमा बसिआएका तर लालपुर्जा नपाएका सुकुम्बासीलाई गुलाबी रङ्गको भराइने छ। रासस

प्रकाशित मिति: १९:१२ बजे, शनिबार, पुस ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्