Kathmandu Press

प्रदेश नं १ मा १४३ कोरोना संक्रमित घर फिर्ता

प्रदेश नं १ मा १४३ कोरोना संक्रमित घर फिर्ता

विराटनगर, पुस ३ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। नयाँ सङ्क्रमित २१ महिलासहित ४३ जना थपिएका छन्।

डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट चार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई र न्युरो अस्पतालबाट एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

हालसम्ममा प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार ३९० पुगेको छ भने कारोना सङ्क्रमितको सङ्ख्या २९ हजार २३० पुगेको छ। नयाँ थपिएका सङ्क्रमितमा सुनसरीमा १४,  मोरङका १२ मध्ये विराटनगरमा पाँच, झापामा छ, ताप्लेजुङमा दुई, सङ्खुवासभा र खोटाङमा एक÷एक तथा प्रदेश बाहिरका सात जना रहेको मन्त्रालयले जनाएको छ।

हालसम्ममा प्रदेशमा दुई लाख तीन हजार ४२६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ८४० छन्। आजै प्रदेशमा ५६२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति: ००:५२ बजे, शनिबार, पुस ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्