स्वास्थ्य संस्थामा शिशु जन्माउनेलाई आठ हजार आठ सय प्रोत्साहन भत्ता
दोलखा, पुस ३ : नियमितरूपमा जाँच गरी स्वास्थ्य संस्थामा शिशु जन्माउने आमालाई तत्कालै मेलुङ गाउँँपालिकाले आठ हजार ८०० रूपैयाँ दिने गरेको छ । आर्थिक...दोलखा, पुस ३ : नियमितरूपमा जाँच गरी स्वास्थ्य संस्थामा शिशु जन्माउने आमालाई तत्कालै मेलुङ गाउँँपालिकाले आठ हजार ८०० रूपैयाँ दिने गरेको छ ।
आर्थिक वर्ष २०७७-०७८ को शुरुदेखि नै गाउँँपालिकाले संघीय सरकारले प्रदान गर्ने तीन हजार ८०० मा पाँच हजार रूपैयाँ थप गरेर सो रकम दिने गरेको हो।
सुत्केरी स्याहार खर्च र सुत्केरी पोषण खर्चका नाममा पालिकाका सबै वडामा सो रकम वितरण गरिँदै आएको छ। हालसम्ममा १०० जनालाई वितरण गरिएको गाउँँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए। सुरक्षितरूपमा शिशु जन्माएर बालमृत्युदर र मातृ मृत्युदर कम गर्ने उद्देश्यले जिल्लामै यो नमुना नमुना काम सो गाउँँपालिकाले गर्दै आएको छ।
मृतकको घरमै किरिया खर्च
उक्त गाउँँपालिकाभित्र जुनसुकै कारणले मृत्यु भएकाका परिवारलाई तत्काल पाँच हजार रूपैयाँ दिने गरेको छ। वडा सचिवमार्फत आफ्नो क्षेत्रभित्र मृत्यु भएका परिवारलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले घरमै पुर्याइदिने गरेको हो । समाजलाई समाजिक रूपान्तरण गर्ने कुराको महसुस गर्दै गाउँँपालिकाले छैटौँ गाउँँसभा अधिवेशनबाट सो रकम दिइँदै आएको अध्यक्ष श्रेष्ठले बताए।
आर्थिक वर्ष २०७७-७८ बजेट नीति तथा कार्यक्रममा किरिया खर्चका लागि पाँच लाख र सुत्केरी पोषण खर्चका लागि पाँच लाख विनियोजन गरेकामा यसले नपुग्ने देखिएकाले आगामी हिउँदे अधिवेशनबाट पाँच-पाँच लाख रूपैयाँ थप गर्ने गाउँँपालिकाले जनाएको छ।