Kathmandu Press

प्रदेश १ मा निको भए २२३ कोरोना संक्रमित

विराटनगर, पुस २ : प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा २२३  संक्रमित निको भएका छन्। निको हुनेमा होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालमा रहेका...
प्रदेश १ मा निको भए २२३ कोरोना संक्रमित
सांकेतिक तस्वीर।

विराटनगर, पुस २ : प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा २२३  संक्रमित निको भएका छन्। 

निको हुनेमा होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ। हालसम्म निको हुनेको संख्या २४ हजार २४६ पुगेको छ।

यसैगरी प्रदेशमा उक्त अवधिमा ४६७ जनाको पिसिआर परीक्षण गर्दा २४ महिला र २३ पुरुष गरी जम्मा ४७ जना कोरोना पोजेटिभ थपिएका छन्। थप हुनेमा मोरङमा १९ मध्ये विराटनगरमा १५, झापामा १५, सुनसरीमा ११, सङ्खुवासभा र प्रदेश बाहिर एक-एक जना रहेको मन्त्रालयले जनाएको छ।

प्रदेशमा कोरोना संक्रमितको संख्या २९ हजार १८७ पुगेको छ । 

प्रकाशित मिति: ००:३७ बजे, शुक्रबार, पुस ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्