Kathmandu Press

डडेल्धुराका सातै स्थानीय तहमा पुग्यो यातायातको पहुँच

डडेल्धुरा, वैशाख २८ :  डडेल्धुराका गाउँ–गाउँमा यातायातको पहुँच सहज हुँदै गएको छ। सात स्थानीय तह रहेको डडेल्धुराका सबै स्थानमा यातायातको पहु....

डडेल्धुराका सातै स्थानीय तहमा पुग्यो यातायातको पहुँच
फाइल फोटो

डडेल्धुरा, वैशाख २८ :  डडेल्धुराका गाउँ–गाउँमा यातायातको पहुँच सहज हुँदै गएको छ। सात स्थानीय तह रहेको डडेल्धुराका सबै स्थानमा यातायातको पहुँच पुगेको छ।

जिल्लामा रहेका सात स्थानीय तहका ५२ वडामध्ये अधिकांश वडाका कुनै न कुनै ठाउँमा सडक निर्माण भएसँगै गाउँ–गाउँमा यातायातको पहुँच सहज हुँदै गएको हो। जिल्लाका सातवटै स्थानीय तहका ५२ वडामध्ये ५० वडाका केन्द्रसम्म  यातायातको पहुँच पुगेको छ। स्थानीय तहले विकासको पहिलो आधार सडक भएको भन्दै सडक निर्माणलाई तीव्रता दिएपछि जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा पनि यातायात पुगेसँगै स्थानीय बासिन्दालाई सुविधा पुगेको छ। 
 
यहाँका स्थानीय तहहरुले गाउँपालिका सदरमुकामदेखि वडा कार्यालयका केन्द्रसम्म जोड्ने गरी सडक निर्माणलाई तीव्रता दिएका छन्। सडक निर्माणसँगै यातायात सञ्चालन हुँदा ग्रामीण क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतका साथै ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तुको बिक्री गर्न बजारसम्म पुग्न तथा बिरामीलाई अस्पतालसम्म लैजान सहज भएको गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौँका टङ्क पनेरुले बताए। 

Hardik ivf

स्थानीय तहका सबै वडामा यातायत पुगेसँगै कृषकका स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन र बजारका खाद्य सामग्री गाउँमा लैजान सहज भएको अजयमैर–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले जानकारी दिए। व्यापारी पनि सर्वसाधारणको हितका लागि भन्दै नुनतेलसँगै खाद्य सामग्री बेचबिखनका लागि गाउँमै आउने गरेको अजयमेरु–२ का विश्ना खातीले बताए। 
 
स्थानीय सरकारको गठन भएसँगै सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको भए पनि अधिकांश ग्रामीण सडक मापदण्डअनुसारका नभएकाले दुर्घटनाको जोखिम पनि उत्तिक्कै रहेको छ। सडक निर्माणसँगै स्तरोन्नति गरी ग्रामीण क्षेत्रमा बाह्रै महीना यातायात सञ्चालन गर्न सकिने सडक निर्माण गर्नु आवश्यक रहेको स्थानीयवासी बताउँछन्।

जनप्रतिनिधिले अफ्नो पहिले काम गाउँगाउँमा सडक खन्ने रहेको छ। गाउँमा सडक पुगेसँगै मापदण्डअनुसार बाटो नहुँदा र दैनिक सवारीसाधन नचल्दा जोखिम मोलेर यात्रा गर्न सर्वसाधारण बाध्य छन्। सडकको स्तरोन्नति पनि चाँडै गरिने जनप्रतिनिधिको भनाइ छ। “हालसम्म बाटो पुर्‍याउने काम भयो, अब स्तर उकास्नमा लगानी गरिने छ”, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले भने। रासस
 

प्रकाशित मिति: ११:४९ बजे, शनिबार, वैशाख २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्