Kathmandu Press

दिल्लीमा बन्धक बनाइएका १० नेपाली महिलाको उद्धार

काठमाडौँ, बैसाख २८ : नयाँ दिल्लीको  दक्षिण पश्चिम किशनगढको एक घरबाट १० जना नेपाली महिलाको उद्धार गरिएको छ ।

रोजगारीका लागि भारत हुँदै क....

दिल्लीमा बन्धक बनाइएका १० नेपाली महिलाको उद्धार
आफन्त नेपाल

काठमाडौँ, बैसाख २८ : नयाँ दिल्लीको  दक्षिण पश्चिम किशनगढको एक घरबाट १० जना नेपाली महिलाको उद्धार गरिएको छ ।

रोजगारीका लागि भारत हुँदै कुवेत लैजाने भन्दै लगिएका उनीहरूलाई कोठामै बन्धक बनाइराखेको थाहा भएपछि दिल्ली महिला आयोग, दिल्ली प्रहरी र आफन्त नेपालको संयुक्त टोलीले राती छापा मारेर उनीहरुको उद्धार गरेको हो । उनीहरुलाई आज भोली भन्दै उक्त कोठाबाट बाहिर जान नदिई बन्धक बनाएर राखिएको हो ।

Hardik ivf

उनीहरुलाई बिहीबार राती उद्धार गरेपनि नेपाल भने ल्याई सकेको छैन । नेपाल फर्काउन अहिले कानुनी प्रक्रिया भइरहेकाले दुतावाससंग सहकार्य गरि नेपाल ल्याउने तयारी भइरहेको आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले बताए।
 
झापा, दाङ, धादिङ, सुनसरी र रुपन्देही घर भएका १० नेपाली महिलाहरुलाई खाडी मुलुक पुर्याउने योजना दलालको रहेको थियो ।

उद्धार गरिएका महिलाहरूले दलाल विरुद्ध मुद्दा दिन नमान्ने हुँदा पनि दलालहरूलाई समात्न समस्या हुने गरेको निर्देशक भट्टराईले बताए ।

प्रकाशित मिति: ०९:५८ बजे, शनिबार, वैशाख २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्