Kathmandu Press

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन जेठ १० का लागि आह्वान

सुर्खेत, वैशाख २७ : कर्णाली प्रदेशसभाको वर्षे अधिवेशनको पहिलो बैठक जेठ १० गते दिउँसो ३ बजे आह्वान गरिएको छ। 

मुख्यमन्त्री महेन्द्रबहादु....

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन जेठ १० का लागि आह्वान

सुर्खेत, वैशाख २७ : कर्णाली प्रदेशसभाको वर्षे अधिवेशनको पहिलो बैठक जेठ १० गते दिउँसो ३ बजे आह्वान गरिएको छ। 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले अधिवेशन आव्हान गरेका हुन्।

वैशाख २४ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चौथो अधिवेशन जेठ १० गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो। बजेट अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरिन्छ। 

प्रकाशित मिति: १९:४१ बजे, शुक्रबार, वैशाख २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्