‘बाजी’ को ट्रेलर सार्वजनिक
काठमाडौं, वैशाख २७ : चलचित्र ‘जोनी जेन्टलमेन’ निर्देशन गरेका नितिन चन्दले नयाँ वेव सिरिज ‘बाजी’ तयार पारेका छन्। हालै यो ....

काठमाडौं, वैशाख २७ : चलचित्र ‘जोनी जेन्टलमेन’ निर्देशन गरेका नितिन चन्दले नयाँ वेव सिरिज ‘बाजी’ तयार पारेका छन्। हालै यो सिरिजको ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलर रोमान्टिक थ्रिलर छ। ‘बाजी’ रोमान्टिक थ्रिलर जनरामा बनेको सम्भवत पहिलो नेपाली वेब सिरिज रहेको बताइएको छ। दुई साथीबीच भएको सामान्य चुनौतीले कसरी जिन्दगी नै बाजीमा पर्छ भन्ने मूख्य विषय उठान भएको ‘बाजी’ प्रेम, द्वन्द्व तथा बदलाको कथामा बनेको निर्देशक चन्दले बताए।
‘बाजी’मा वियोन्ड र निर्जला खनालको प्रमुख अभिनय रहेको छ। वियोन्ड नयाँ पुस्तामाझ चर्चित गायक, गीतकार तथा संगीतकार हुन्। उनका ‘आइदेउ न’, ‘लै लै’ ,‘किच किच’, ‘ओ मैचा’ लगायतका गीतहरु यूट्युबमा निकै चर्चित छन्। निर्जला चर्चित आरजे हुन्। वियोन्ड र निर्जलाले ‘पर्खाइ’ नामक लघु चलचित्रमा अभिनय गरिसकेका छन्। उक्त चलचित्रमा यो जोडीलाई रुचाइएको थियो।
यो सिरिज जेठ २ गतेदेखि प्रत्येक बिहीबार योर स्टाइलको यूट्युब च्यानलमार्फत प्रसारण हुने बताइएको छ। योर स्टाइल र सिनेमाघर एपको सहकार्यमा बनेको यो सिरिज आठ श्रृंखलासम्म प्रसारण हुनेछ। योर स्टाइल र सिनेमाघरले आगामी दिनमा पनि यसैगरी सहकार्य गरेर वेव सिरिज बनाउने सिनेमाघर एपका कार्यकारी सागर खरेलले बताए।
ट्रेलर हेर्नुस्:












