Kathmandu Press

डडेल्धुरा अस्पतालः नाम परिवर्तन भयो सेवा  भएन

डडेल्धुरा, वैशाख २७ : सरकारले सुदूरपश्चिम प्रदेशको मध्यविन्दुमा अवस्थित डडेल्धुरा अस्पताललाई गत फागुनमा सङ्घ मातहत राखे पनि भौतिक पूर्वाधार र जनशक्ति ....

डडेल्धुरा अस्पतालः नाम परिवर्तन भयो सेवा  भएन

डडेल्धुरा, वैशाख २७ : सरकारले सुदूरपश्चिम प्रदेशको मध्यविन्दुमा अवस्थित डडेल्धुरा अस्पताललाई गत फागुनमा सङ्घ मातहत राखे पनि भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्नेतर्फ भने ध्यान दिएको छैन।

 विसं २०७० मा टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरालाई गाभेर डडेलधुरा अस्पताललाई ‘उपक्षेत्रीय डडेल्धुरा अस्पताल’(पुरानो नाम) बनाइएको थियो।

Hardik ivf

अस्पतालमा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक जना मात्रै कार्यरत रहेका अस्पतालका निमित्त प्रमुख डा जीतेन्द्र कँडेलले बताए। हाल अस्पतालमा मेडिकल अफिसरसहित १३  स्वास्थ्यकर्मी कार्यरत छन्। अस्पतालमा ३० स्टाफ नर्सको दरबन्दी भए पनि अहिले चार जनामात्रै कार्यरत छन्। 

“अस्पतालमा अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अभाव छ”, कँडेलले भने। कुनै समय सुदूरपश्चिम क्षेत्रमा राम्रै पहिचान बनाएको डडेल्धुरा अस्पतालले हाल दिँदैआएको सेवा सुविधा सन्तोषजनक नभएको स्थानीयवासी बताउँछन्।

संघ मातहत राखिए पनि त्यसअनुसार जनशक्ति र भौतिक पूर्वाधारमा सरकारले ध्यान नदिँदा उपचार सेवा प्रभावकारी हुन सकेको छैन। “कहिले प्रदेश त कहिले सङ्घीय सरकार मातहत राखिएको प्रचार भयो”, डा कँडेलले भने,“तर अस्पतालमा सेवासुविधा र गुणस्तर सुधार गर्नेतर्फ भने कसैले ध्यान दिएका छैनन्।” रासस

प्रकाशित मिति: १६:३६ बजे, शुक्रबार, वैशाख २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्