Kathmandu Press

सुनकोशीमा बेलिब्रिज बनेपछि यातायात सञ्चालन

उदयपुर, मंसिर २९ : उदयपुर र खोटाङको बीचमा पर्ने सुनकोशी नदीमा बेलिब्रिज जडान भएपछि ६ महिनादेखि बन्द हुन पुगेको गाईघाटदेखि खोटाङको सदरमुकाम दिक्तेलसम्मको...
सुनकोशीमा बेलिब्रिज बनेपछि यातायात सञ्चालन

उदयपुर, मंसिर २९ : उदयपुर र खोटाङको बीचमा पर्ने सुनकोशी नदीमा बेलिब्रिज जडान भएपछि ६ महिनादेखि बन्द हुन पुगेको गाईघाटदेखि खोटाङको सदरमुकाम दिक्तेलसम्मको यातायात सेवा पुनःसञ्चालन भएको छ।

गाईघाट–दिक्तेल सडक कार्यलय बोक्सेका अनुसार सो सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङको लिच्की राम्चेबीच सुनकोशी नदीमा हालै बेलिब्रिज जडान कार्य सम्पन्न भएपछि आइतबारदेखि सिधा यातायात शुरु भएको हो।

Hardik ivf

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै बेलिब्रिज गत जेठमा खोलिएपछि यातायात सेवा बन्द भएको थियो। ६ महिनापछि पुनः बेलिब्रिज जडानसँगै अब गाईघाट–दिक्तेल सडकखण्डमा सिधा यातायात सेवा सञ्चालन भएको हिमाली यातायात व्यवसायी संघका संयोजक परमेश्वर घिमिरेले बताए।

रेग्मी निर्माण सेवा कम्पनीले यही मङ्सिरको पहिलो हप्तादेखि ८५ लाख बजेटमा बेलिब्रिज जडान गर्ने ठेक्का लिएको सडक कार्यालयका प्रमुख गोपाल खकुरेलले बताए। उक्त बेलिब्रिजको लम्बाइ ५० मिटर रहेको छ भने चौडाइ ६ मिटर रहेको छ।

प्रकाशित मिति: १८:१२ बजे, सोमबार, मंसिर २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्