दुई लाख भारतीय नोटसहित भारतीय नागरिक पक्राउ

विराटनगर, मंसिर २७ : भारतीय नोट एक लाख ९९ हजारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१७ इस्लामपुरस्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारत सुन्दर विहार पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्रलाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका बेला जाँच गर्ने क्रममा भारतीय नोट पाँच सयको ३९० थान र दुई हजारको दुई थान गरी एक लाख ९९ हजारसहित उनलाई शुक्रबार साँझ पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
प्रकाशित मिति: २०:५३ बजे, शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












