Kathmandu Press

बैतडीको दशरथचन्द नगरपालिकामा आइतबारदेखि विद्यालय खुल्ने

बैतडी, मंसिर २७ : बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालय आइतबारदेखि खुल्ने भएका छन्। मंसिर १२ गतेदेखि नगरपालिकाले गरेको लकडाउनका कारण विद्यालय बन्द रहेका थिए।...
बैतडीको दशरथचन्द नगरपालिकामा आइतबारदेखि विद्यालय खुल्ने
Hardik ivf

बैतडी, मंसिर २७ : बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालय आइतबारदेखि खुल्ने भएका छन्। मंसिर १२ गतेदेखि नगरपालिकाले गरेको लकडाउनका कारण विद्यालय बन्द रहेका थिए।  

विद्यालय सञ्चालन गर्नका लागि नगरकार्यपलिकाको बैठकले निर्णय गरेको सो नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन्। उनले भनिन्, “लामो समयदेखि विद्यालय बन्द रहँदा पठनपाठन कार्य प्रभावित भएकाले सञ्चालनको तयारी भएको हो।” 
 
बैठकले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को परिधिभित्र रहेर नगरभित्रका सम्पूर्ण विद्यालय मंसिर २८ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए। उनले भने,“कोरोनाको सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको तयारी गरेका छौँ।” 

नियमितरुपमा विद्यालय सञ्चालन गर्ने र कुनै विद्यालयको सेवा क्षेत्रमा कोभिड–१९ को उच्च जोखिम देखिएमा वडा कार्यालयसँग समन्वय गरेर विद्यालय व्यवस्थापन समितिले बन्द गर्नसक्ने जनाइएको छ। नगरपालिकामा हालसम्म १३६ मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। तीमध्ये ३८ मात्रै सक्रिय अवस्थामा छन्। 

प्रकाशित मिति: १८:२६ बजे, शनिबार, मंसिर २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्