Kathmandu Press

हिमालयन बैंकको नाफा दुई अर्ब हुँदा प्रतिसेयर आम्दानी ३१ रुपैयाँ

काठमाडौं, वैशाख २७ : हिमालयन बैंकको नाफा १० प्रतिशत मात्रै बढेको छ। बैंकले नौ महिनामा दुई अर्ब एक करोड रुपैयाँ नाफा गरेको छ।

गत वर्ष एक अर्ब....

हिमालयन बैंकको नाफा दुई अर्ब हुँदा प्रतिसेयर आम्दानी ३१ रुपैयाँ

काठमाडौं, वैशाख २७ : हिमालयन बैंकको नाफा १० प्रतिशत मात्रै बढेको छ। बैंकले नौ महिनामा दुई अर्ब एक करोड रुपैयाँ नाफा गरेको छ।

गत वर्ष एक अर्ब ८२ करोड रुपैयाँ कमाएको थियो। कस्ट अफ फन्ड ०.३३ प्रतिशत बिन्दुले बढेर ६.६८ प्रतिशत पुगेको छ। खराब कर्जा ०.१२ प्रतिशत बिन्दुले बढेर १.३१ प्रतिशत पुगेको छ।

व्याज आम्दानी १९ प्रतिशतले सुधार हुँदा व्याज खर्च भने २१ प्रतिशतले बढेको छ। चैत मसान्तसम्ममा बैंकको व्याज आम्दानी आठ अर्ब ५५ करोड रुपैयाँ छ भने व्याज खर्च चार अर्ब ७९ करोड रुपैयाँ छ। खुद व्याज आम्दानी १७ प्रतिशतले बढेर तीन अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको छ।

निक्षेप संकलन १२ प्रतिशतले बढाएको छ भने ऋण लगानी १३ प्रतिशतले बढाएको छ। बैंकले चैत मसान्तसम्ममा एक खर्ब आठ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९७ अर्ब ८५ ऋण लगानी गरेको छ।

आधार व्याजदर ०.३२ प्रतिशत बिन्दुले घटेर ९.१० प्रतिशत कायम भएको छ। स्प्रेडदर ०.०५ प्रतिशत बिन्दुले बढेर ४.५० प्रतिशतमा झारेको छ। चुक्ता पूँजी पाँच प्रतिशतले बृद्धि हुँदा पनि प्रति सेयर आम्दानी दुई रुपैयाँले बढेर ३१ रुपैयाँ छ।

प्रकाशित मिति: ११:५३ बजे, शुक्रबार, वैशाख २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्