भक्तपुरका स्कुलहरुमा विद्यार्थीको भौतिक उपस्थितीमा कक्षा सञ्चालन गरिने
भक्तपुर, मंसिर २५ : भक्तपुर नगर भित्रका स्कुलहरुमा विद्यार्थीहरुको भौतिक उपस्थितीमा कक्षा सञ्चालन हुने भएको छ। बिहीबार शिक्षा समितिको बैठकले पुस १ गतदेखि...भक्तपुर, मंसिर २५ : भक्तपुर नगर भित्रका स्कुलहरुमा विद्यार्थीहरुको भौतिक उपस्थितीमा कक्षा सञ्चालन हुने भएको छ। बिहीबार शिक्षा समितिको बैठकले पुस १ गतदेखि कक्षा ८, ९ र १० सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
कोभिड–१९को महामारीका कारण लामो समयदेखि बन्द रहेको विद्यालयहरुमा अनलाइन तथा भर्चुअल विधिबाट वैकल्पिक कक्षाहरु सञ्चालन गरिरहेका छन्। तर अभिभावक, विद्यार्थी, विद्यालयका शिक्षक-शिक्षिका, विद्यालय सञ्चालकलगायत सरोकारवालाहरुले भौतिक कक्षा सञ्चालन गर्न प्रस्ताव आएको हुँदा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम नगरभित्रका विद्यालयहरुमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी चरणबद्ध रुपमा कक्षा सञ्चालन गरिने निर्णय भएको भक्तपुर नगरपालिकाले जनाएको छ।
यस्तै विद्यालयहरुले हाल सञ्चालन गरिरहेको वैकल्पिक शिक्षण विधिलाई समेत निरन्तरता दिने उनीहरुको भनाइ छ। बैठकको निर्णय अनुसार, विद्यार्थी संख्या एक सय भन्दा कम भएका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुको हकमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरेर मात्र कक्षा सञ्चालन गर्न पाउनेछन्।