Kathmandu Press

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल (तस्वीरहरू सहित)

काठमाडौं, वैशाख २६ : यस वर्षकी मिस नेपाल अनुष्का श्रेष्ठ भएकी छिन्। उनलाई गत वर्षकी विजेता शृंखला खतिवडाले आफ्नो ताज निकालेर लगाइदिएकी थिइन्....

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल (तस्वीरहरू सहित)
रिवाज राई

काठमाडौं, वैशाख २६ : यस वर्षकी मिस नेपाल अनुष्का श्रेष्ठ भएकी छिन्। उनलाई गत वर्षकी विजेता शृंखला खतिवडाले आफ्नो ताज निकालेर लगाइदिएकी थिइन्। अनुष्काले मिस नेपाल वर्ल्ड मिस फासिनो टाइटल पनि जितिन्।

२३ वर्षीया अनुष्काले अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी छिन् ।

कीर्तिपुरको ल्यावोरेटोरी स्कुलको प्रांगणमा आयोजित कार्यक्रममा प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स, रिया बस्नेत मिस नेपाल अर्थ, मिरा कक्षपति मिस नेपाल इन्टरनेसनल र रोज लामा मिस नेपाल सुप्रानेसनल बनिन् ।

अन्य विभिन्न टाइटलका बिजेताहरु निम्न थिए - प्रदिप्ता अधिकारी मिस ट्यालेन्ट र मिस बेस्ट एथलेट, रिया बस्नेत पपुलर च्वाइस, निशा पाठक  मिस कन्फिडेन्ट  र नितिका कर्माचार्य ब्युटी विथ द पर्पोज ।

गत वर्षकी मिस नेपाल श्रृंखला खतिवडाबाट ताजि पहिरिएपछि नयाँ मिस नेपाल अनुष्का श्रेष्ठको खुशी । तस्वीरहरूः रिवाज राई

प्रकाशित मिति: २३:०२ बजे, बिहीबार, वैशाख २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्