Kathmandu Press

टिकटकमा पनि भाइरल बन्यो प्रकाश सपुतको ‘लुरूरू हुरूरू’ 

काठमाडौं, वैशाख २६ : अहिले नेपाली संगीत जगतमा लोकभाकाले थुप्रै दर्शकको मन जितिरहेको छ। यस्तै लोकभाकाका दुई सुमधुर स्वरका धनी सुनिता अधिकारी र प्र....

टिकटकमा पनि भाइरल बन्यो प्रकाश सपुतको ‘लुरूरू हुरूरू’ 

काठमाडौं, वैशाख २६ : अहिले नेपाली संगीत जगतमा लोकभाकाले थुप्रै दर्शकको मन जितिरहेको छ। यस्तै लोकभाकाका दुई सुमधुर स्वरका धनी सुनिता अधिकारी र प्रकाश सपुतको नयाँ दोहोरी गीत ‘लुरुरु हुरुरु’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ।

युट्युवमा रिलिज भएको चार दिनमै ४ लाख दर्शकले यो गीत हेरिसकेका छन्। पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटेर बनाइएको गीतको सयौँले टिक टक भिडियो समेत बनाइसकेका छन्।

गायक प्रकाश सुपतको शब्द तथा लय रहेको गीतमा प्रकाश र सुनिताकै अभिनय देख्न सकिन्छ। एक साता बित्न नपाउँदै दर्शकहरुको धेरै माया पाउँदा गायिका अधिकारीले खुसी व्यक्त गरिन्।

‘पानको मिसी’, ‘क्यारम माया’ लाई जस्ता दर्जन गीतबाट चर्चामा रहेकी गायिका अधिकारीले भविष्यमा पनि लोकप्रिय गीत ल्याउने योजना रहेको बताइन्।

भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त प्रस्तुति रहेको गीतको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने विष्णु शर्माको सम्पादन छ। राजेश घिमिरेको छायाँकन रहेको गीतमा अहिलेका चर्चित संगीतकार आशिष अविरलले संगीत भरेका छन्।

भिडियो हेर्नुस्:
 

प्रकाशित मिति: १९:३७ बजे, बिहीबार, वैशाख २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्