प्रदेश १ मा थप १६५ जनामा कोरोना संक्रमण
विराटनगर, मंसिर १३ : प्रदेश १ पछिल्लो २४ घण्टाको अवधिमा १६५ जना कोरोना संक्रमित थपिएका छन्।यो अवधिमा गरिएको ८५४ जनाको पीसीआर परीक्षणमा ७१ महिला...
विराटनगर, मंसिर १३ : प्रदेश १ पछिल्लो २४ घण्टाको अवधिमा १६५ जना कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा गरिएको ८५४ जनाको पीसीआर परीक्षणमा ७१ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सुनसरीमा ७१, मोरङमा ४६ मध्ये विराटनगरमा २८, झापामा २०, संखुवासभामा नौ, इलाममा चार, पाँचथरमा तीन, धनकुटा, भोजपुर र उदयपुरमा एक/एक र प्रदेश बाहिरका नौ जना रहेका छन्। प्रदेशमा कोरोना संक्रमितको संख्या अहिलेसम्म २८ हजार ४१५ पुगेको छ।
प्रदेशमा आज होमआइसोलेसन र विभिन्न कोभिड अस्पतालबाट ९७ संक्रमित निको भई घर फर्केका छन् भने निको हुनेको सङ्ख्या हालसम्म २३ हजार ३४३ पुगेको छ। यस प्रदेशमा हालसम्म एक लाख ९७ हजार ६३८ को पीसीआर परीक्षण भएको छ।
प्रकाशित मिति: ०१:११ बजे, बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












