Kathmandu Press

९ महिनामा २० अर्बका ६५ हजार जहाजका पार्ट्स आयात

काठमाडौं, वैशाख २६ : वायु सेवा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनामा २० अर्ब ९७ करोड २७ लाख रुपैयाँ बराबरका जहाज तथा जहाजमा प्रयोग हुने स्पेयर....

९ महिनामा २० अर्बका ६५ हजार जहाजका पार्ट्स आयात

काठमाडौं, वैशाख २६ : वायु सेवा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनामा २० अर्ब ९७ करोड २७ लाख रुपैयाँ बराबरका जहाज तथा जहाजमा प्रयोग हुने स्पेयर्स पार्ट्सहरु खरिद गरेका छन्। 

निजी वायु सेवा कम्पनीहरुको बजार विस्तारपछि पछिल्लो समय जहाज खरिदसँगै पार्ट्सको आयात पनि बढेको छ। पछिल्लो ९ महिनामा एयरलाइन्स कम्पनीहरुले दर्जनभन्दा बढी जहाज खरिद गरेका छन् भने ६५ हजार ८ सय ४९ थान स्पेयर्स पार्ट्सहरु आयात गरेका छन्।

Hardik ivf

जहाजका पार्ट्सहरुमा सिट, सिट कभरदेखि अन्य हजारौको संख्यामा हुने पार्ट्सहरु रहेका छन्। जसबाट भन्सार विभागले ४२ करोड ६४ लाख २७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जहाजका समानहरु ९ महिनाको अवधिमा १९ करोड ३५ हजार ५८ हजार रुपैयाँ बराबरको जहाजका सामग्री निर्यात भएका छन्। 

हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम, निजी क्षेत्रबाट अन्तर्राष्ट्रियतर्फ उडान गर्दै आएको हिमालय एयरलाइन्स, बुद्ध एयर, यति एयर, तारा एयर, सीता  एयर, श्री एयरलाइन्स लगायत छन् भने हेलिकप्टर कम्पनी पनि एक दर्जन भन्दा बढी छन्। जहाजका स्पेयर्स पार्ट्सहरुमा सरकारले १ प्रतिशत देखि १५ प्रतिशतसम्म भन्सार लगाउँदै आएको छ। 

नेपालमा निजी क्षेत्रमा मात्रै ६ खर्बभन्दा बढीको लगानी भइसकेको बताउँछन् नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्य। सरकारले अझै पनि भाडामा ल्याउने जहाजमा समेत भन्सार लगाउँदा नेपालको ठूलो रकम बाहिरिएको आरोप आचार्यले लगाए।

नेपालमा हवाई यात्रुको संख्या प्रत्येक वर्ष ७ प्रतिशतका दरले वृद्धि हुँदै आएको छ। सन् २०१८ मा ७१ लाख ९० हजार ९ सय १९ हवाई यात्रुले सेवा लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ। 

प्रकाशित मिति: १७:२५ बजे, बिहीबार, वैशाख २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्