Kathmandu Press

प्रदेश १ मा थपिए ८० जना कोरोना संक्रमित

विराटनगर, मंसिर २२ : प्रदेश १ मा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा मोरङमा २६ मध्ये...
प्रदेश १ मा थपिए ८० जना कोरोना संक्रमित
सांकेतिक तस्वीर।

विराटनगर, मंसिर २२ : प्रदेश १ मा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा मोरङमा २६ मध्ये विराटनगरमा १५, झापामा २२, सुनसरीमा १०, इलाममा सात, सङ्खुवासभा र ताप्लेजुङमा तीन÷तीन, पाँचथरमा एक र प्रदेश बाहिरका आठ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

Hardik ivf

सोही अवधिमा ९६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा होमआइसोलेशनबाट ९३ र विराट मेडिकल कलेजबाट तीन जना छन्। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ भने कोरोना सङ्क्रमितको संख्या २८ हजार २५० पुगेको मन्त्रालयले जनाएको छ। अझै पनि सक्रिय संक्रमितको संख्या प्रदेशमा पाँच हजार चार छन्।

अहिलेसम्म कूल एक लाख ९६ हजार ७८४ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ०१:३५ बजे, मंगलबार, मंसिर २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्