Kathmandu Press

जुत्ताभित्र लुकाएको डेढ किलो सुनसहित युवक पक्राउ

काठमाडौं, वैशाख २६ : जुत्ताभित्र लुकाएर राखेको डेढ किलोग्राम सुनसहित मकवानपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

राजमार्गमा बस जाँच गर्ने क....

जुत्ताभित्र लुकाएको डेढ किलो सुनसहित युवक पक्राउ

काठमाडौं, वैशाख २६ : जुत्ताभित्र लुकाएर राखेको डेढ किलोग्राम सुनसहित मकवानपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

राजमार्गमा बस जाँच गर्ने क्रममा डेढ किलो सुनसहित भोजपुरको षडानन्द नगरपालिका–४ का २९ वर्षीय ल्वागुन विक पक्राउ परेका हुन्। उनलाई काठमाडौंबाट वीरगञ्जतर्फ गइरहेको ना ८ ख ३७९३ नम्बरको बसबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए।

प्रहरीका अनुसार, उनीसँग रहेको एक किलो ६ सय ४९ ग्राम सुन पनि बरामद गरिएको छ। उनको लगाएको जुत्ताभित्र सुन बरामद गरिएको एसपी सिंहले बताए।

पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुणकुमार कुसुवाहको नेतृत्वको टोली पक्राउ गरेको हो।

प्रहरीका अनुसार, पक्राउ परेका ल्वागुनले दोस्रो पटक सुन लैजादा पक्राउ परेको बताएका छन्। थप अनुसन्धानका लागि ल्वागुन र सुनलाई पथलैयास्थि राजश्व अनुसन्धान कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:१० बजे, बिहीबार, वैशाख २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्