Kathmandu Press

शेयर बजारमा सामान्य सुधार

काठमाडौं, माघ ९: धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ। कारोबार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुग....

शेयर बजारमा सामान्य सुधार

काठमाडौं, माघ ९: धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ। कारोबार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ। 

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४८.७४ विन्दुमा पुगेको छ। स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर रु २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरिद बिक्री भयो। 

कारोबार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्यो भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । 

उत्पादन ३१.६ र जीवन बीमा २७.३१ विन्दुले घट्दा बैंकिङ १.४९, व्यापार २.८७, होटल ०.२१, विकास बैंक ६.८६, जलविद्युत् ३१.४८, वित्त ०.७९, निर्जीवन बीमा ५८.०६,अन्य ३.३९ र लघुवित्त १२.९९ विन्दुले बढेका छन् ।

स्टकका अनुसार आज सानिमा इक्वीटी फण्ड, आँखु खोला जलविद्युत् कम्पनी, माथिल्लो तामाकोशी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । 

यस्तै जोशी हाइड्रो पावर, गुर्खाज फाइनान्स, पञ्चकन्या माइहाइड्रो पावर, तिनाउ डेभलपमेन्ट बैंक, यूनिलिभर नेपालका शेयरधनीले आज गुमाएका छन् । 

प्रकाशित मिति: १७:३९ बजे, बुधबार, माघ ९, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्