दुई तिहाईको सरकार खर्च गर्न असफल: राजश्व असुली र विकास खर्च निराशाजनक
काठमाडौं, वैशाख २५ : अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ समितिमा विगतका वर्षहरुमा भन्दा पूँजीगत खर्चमा सुधार आएको दाबी गरेपनि महालेखा परीक्षकको ....

काठमाडौं, वैशाख २५ : अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ समितिमा विगतका वर्षहरुमा भन्दा पूँजीगत खर्चमा सुधार आएको दाबी गरेपनि महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गर्ने तथ्यांकमा भने पूँजीगत खर्च र राजश्व असुली निराशाजनक भएको देखाएको छ।
कार्यालयले सार्वजनिक गरेको मंगलबारसम्मको तथ्यांक अनुसार राजश्व असुलीतर्फ लक्ष्यको ५० प्रतिशतमात्रै संकलन भएको छ। चालु आर्थिक वर्षको बजेटमा १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखिएको थियो। जसमा कर र नन ट्याक्स गरेर उक्त लक्ष्य राखिएको थियो। तर, चालु आर्थिक वर्षको १० महिना सकिन लाग्दा ६ खर्ब ६१ अर्ब ९७ करोड रुपैयाँ मात्रै राजश्व असुली भएको छ।
त्यस्तै, पूँजीगत खर्चतर्फको अवस्था पनि निराशाजनक नै छ। १० महिनाको अवधि सकिन लाग्दा पूँजीगततर्फ १ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँमात्रै खर्च भएको छ।
जुन चालु आर्थिक वर्षको बजेटमा ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको थियो। अहिलेसम्मको खर्च लक्ष्यको ३८ प्रतिशत मात्रै हो। अर्थमन्त्री खतिवडाले स्थानीय स्तरमा ठूलो रकम खर्च भइरहेको तर तथ्यांकमा आउन नसक्दा खर्च थोरै देखिएको दाबी अर्थ समितिको बैठकमा गरेका थिए।
यस्तै, चालु खर्चसमेत लक्ष्य नजिक नपुग्ने निश्चित भएको छ। चालु खर्च पनि ४ अर्ब ९५ अर्ब ८६ करोड रुपैयाँ खर्च भएको छ। जुन लक्ष्यको ५८.६५ प्रतिशत मात्रै हो। चालु आर्थिक वर्षमा चालु खर्च ८ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ खर्चको लक्ष्य राखिएकोे थियो।
सरकारले बजेटमार्फत ठूला–ठूला आयोजना र सपना प्रस्तुत गरेको भएपनि खर्च हुने आधार तयार नभएपनि पूँजीगत अर्थात विकासतर्फको बजेट कार्यान्वयन निराशाजनक भएको हो।
यस्तो छ राजश्व असुली र पूँजीगत खर्चको अवस्था :











-1754206481.jpg)