Kathmandu Press

४८.५ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

झापा, मंसिर १९ : झापाको दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय...
४८.५ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ
Hardik ivf

झापा, मंसिर १९ : झापाको दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड–५ बिहानीटोलबाट अर्जुनधारा–६ का २५ वर्षीय आशीष थापालाई ९।५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

प्रहरीले थापा सवार प्र।१–०१–०१३ प २७०१ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

त्यस्तै प्रहरीले अर्जुनधारा–९ प्रणामी मन्दिर नजिकबाट मे५प ९२५६ नंको मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–२ का २२ वर्षीय प्रिन्स खनाललाई ३९ ग्राम ब्राउनसगुरसहित पक्राउ गरेको छ। बरामद ४८.५ ग्राम ब्राउनसुगरसहित उनीहरुलाई थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रनाउ थापाले बताए।

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, मंसिर १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्