Kathmandu Press

मेगा बैंकको नाफा १३१ प्रतिशतले बृद्धि

काठमाडौं, वैशाख २५ : मेगा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा १३१ प्रतिशत नाफा बढाएको छ। बैंकले चैतसम्म एक अर्ब २१ करोड ४३ लाख रुपैयाँ नाफा गरेको छ।<....

मेगा बैंकको नाफा १३१ प्रतिशतले बृद्धि

काठमाडौं, वैशाख २५ : मेगा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा १३१ प्रतिशत नाफा बढाएको छ। बैंकले चैतसम्म एक अर्ब २१ करोड ४३ लाख रुपैयाँ नाफा गरेको छ।

बैंकले गत आर्थिक आर्थिक वर्ष २०७४÷७५ को चैतसम्म ५२ करोड ४९ लाख रुपैयाँ नाफा गरेको गरेको थियो। टुरिज्म डेभलपमेन्ट बैंकसँग मर्ज गरेको मेगाले नाफामा उल्लेख्य बृद्धि गरेको हो।

२०७५ चैतको तुलनामा निक्षेप ३२ अर्ब २१ करोडले वृद्धि भई ७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। जुन ७४.८८ प्रतिशतको वृद्धि हो। त्यसैगरी कर्जा तथा सापटी ६९.५४ प्रतिशत बढेर ७० अर्ब रुपैयाँ पुगेको छ।

निक्षेप र कर्जामा सुधारसँगै स्प्रेड दरको बृद्धिले नाफा बढाउन थप मद्दत पुर्‍याएको छ। बैंकले एक वर्षको अवधिमा ४.४८ प्रतिशतको स्प्रेड बढाएर ४.७३ प्रतिशत पुर्‍याएको छ।

बैंकको व्याज आम्दानी ७८ प्रतिशतले बढेको छ। व्याज खर्च ६१ प्रतिशतले वृद्धि भएको छ। नौ महिनाको अवधिमा बैंकको व्याज आम्दानी ६ अर्ब ७९ करोड रुपैयाँ छ भने व्याज खर्च चार अर्ब चार करोड रुपैयाँ छ भने खुद व्याज आम्दानी दुई अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको छ।

बैंकले यस अवधिमा ७५ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरि ६९ अर्ब ९९ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्षको यही अवधिमा बैंकले ४३ अर्ब निक्षेप संकलन गरी ४२ अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी विस्तार गरेको थियो।

मेगाले देशभर एक सय दुई शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ९६ वटा एटिएम सञ्जाल, एक सय १९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरू र दुई हजार चार सयभन्दा बढी मेगा रेमिट एजेन्टमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: ११:३८ बजे, बुधबार, वैशाख २५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्