Kathmandu Press

प्रदेश ५ सरकार र चीनको ग्यान्सु प्रान्तबीच साझेदारी हुने

बुटवल, वैशाख २४ : प्रदेश ५ सरकारले पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग साझेदारी गर्ने भएको छ।

मन्त्रिपरिषदको मंगलबार बुटवलम....

प्रदेश ५ सरकार र चीनको ग्यान्सु प्रान्तबीच साझेदारी हुने
फाइल फोटो

बुटवल, वैशाख २४ : प्रदेश ५ सरकारले पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग साझेदारी गर्ने भएको छ।

मन्त्रिपरिषदको मंगलबार बुटवलमा बसेको बैठकले सांस्कृतिक तथा पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए। 

Hardik ivf

सांस्कृतिक तथा पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तका गभर्नरले सम्झौताका लागि पत्राचार गरेका थिए।  दुई प्रदेशबीचको सम्झौताले मित्रता घनिष्ट हुने सरकारको विश्वास छ। चीनले विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्राप्त गरेका उपलब्धि सहयोगका माध्यमबाट प्रदेशको विकासका लागि फलदायी हुने भएकाले समझदारी गर्ने निर्णय भएको प्रवक्ता चौधरीले बताए। 

उनले प्रदेश सरकारले आर्थिक वृद्धिदर सात दशमलव ३७ प्रतिशत हासिल गर्न सफल भएको जानकारीसमेत दिए। प्रदेशमा लगानीमैत्री वातावरण बन्दै गएकाले आर्थिक वृद्धिदर बढेको उनले बताए। उद्योग र सेवा क्षेत्रमा लगानी थपिएको बताउँदै उनले प्रदेशको आर्थिक विकासमा राम्रो सङ्केत देखिएको उल्लेख गरे। 

प्रकाशित मिति: १९:३८ बजे, मंगलबार, वैशाख २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्