Kathmandu Press

जुम्ला विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने

जुम्ला, वैशाख २४ :  जुम्ला विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने भएको छ। 

बाँकी रहेको स्तरोन्नति र मर्मतसम्भार गर्न २० दिनका लागि वि....

जुम्ला विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने

जुम्ला, वैशाख २४ :  जुम्ला विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने भएको छ। 

बाँकी रहेको स्तरोन्नति र मर्मतसम्भार गर्न २० दिनका लागि विमानस्थल बन्द गरिएको थियो। धावनमार्गको बाँकी रहेको स्तरोन्नति र मर्मतसम्भारका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द गरिएको हो। 

गत कात्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिको काम भएको थियो र त्यसको बाँकी काम सम्पन्न गर्न २० दिन बन्द भएको विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने विमानस्थल प्रमुख कैलाश शर्माले बताए। बन्द गरिएको विमानस्थलको काम समयमै सम्पन्न भएकाले बुधबारदेखि सञ्चालनमा आउने भएको छ। उनले भने,“विमानस्थलको धावनमार्ग र पार्किङतिर घाँस उम्रनेदेखि पहिले गरेको कालोपत्र उप्किसकेकाले स्तरोन्नति गर्नु परेको हो।” 

विसं २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन। विमानस्थलको कालोपत्र उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो। यहाँ तारा, सीता, समिट र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेका छन्।

प्रकाशित मिति: १९:२३ बजे, मंगलबार, वैशाख २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्