Kathmandu Press

मकवानपुरमा दुई शव फेला

मकवानपुरमा दुई शव फेला

मकवानपुर, मंसिर १२ : इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ। उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो। 

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा अस्पताल ल्याइँदै गरेको छ। 

यसैबीच गाउँपालिकामा एक महिलाको शव फेला परेको छ। इन्द्रसरोवर– १ कुलेखानी जलाशयमा थाहा नगरपालिका वडा नं ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। शव परीक्षणका लागि बिहीबार नै हेटौँडा ल्याइएको थियो।  

प्रकाशित मिति: १८:३५ बजे, शुक्रबार, मंसिर १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्