Kathmandu Press

खर्च बढ्दा नविल बैंकको नाफा खुम्चियो, प्रतिसेयर आम्दानी पनि घट्यो

काठमाडौं, वैशाख २४ : नविल बैंकले नौ महिनामा तीन अर्ब १९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ३.....

खर्च बढ्दा नविल बैंकको नाफा खुम्चियो, प्रतिसेयर आम्दानी पनि घट्यो

काठमाडौं, वैशाख २४ : नविल बैंकले नौ महिनामा तीन अर्ब १९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ३.१८ प्रतिशत मात्रै हो। बैंकले दुई अर्ब ३२ करोड ४४ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तमा बैंकको जगेडा कोषमा नौ अर्ब ६ करोड ५७ लाख रुपैयाँ रुपैयाँ सञ्चित छ। गत वर्षको तुलनामा बैंकको जगेडा कोष २.३९ प्रतिशत अर्थात २२ करोड २४ लाख रुपैयाँले घटेको हो।

बैंकको खर्च बढ्दा नाफा खुम्चिएको छ। खर्चका शीर्षकको आकारमा देखिएको अधिक बढोत्तरीले बैंकको खुद नाफा वृद्धिको गतिमा अवरोध आएको छ। नौ अर्ब एक करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ २१ पैसा छ। गत वर्ष यहि अवधिमा प्रतिसेयर आम्दानी ५१ रुपैंया ७४ पैसा थियो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले एक खर्ब ५३ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब २८ अर्ब १९ करोड ७३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

यस अवधिमा बैंकले पाँच अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी १८.३९ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले चार अर्ब ५६ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

प्रकाशित मिति: ११:५२ बजे, मंगलबार, वैशाख २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्