वडा कार्यालयमा आगजनी
डोटी, वैशाख २४ : बडीकेदार गाउँपालिका–५ मान्नाकापडीस्थित वडा कार्यालयमा आगजनी गरिएको छ।
हिजो राति अज्ञात समूहले वडा कार्यालयमा आगजानी ग....

डोटी, वैशाख २४ : बडीकेदार गाउँपालिका–५ मान्नाकापडीस्थित वडा कार्यालयमा आगजनी गरिएको छ।
हिजो राति अज्ञात समूहले वडा कार्यालयमा आगजानी गरेको वडाध्यक्ष वीरेन्द्र कोटकेनीले बताए। वडाध्यक्ष कोटकेनीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने आशंका गरेका छन्।
राति नै आगजनी गरिएको भएपनि आज बिहान मात्रै थाहा भएको थियो। आगजनीबाट वडा कार्यालय पूर्णरुपमा जलेको उनले बताए। वडा कार्यालयका कागजात, फर्निचर र अन्य सामान पनि जलेका छन्।
प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, वैशाख २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










