Kathmandu Press

भारतमा २४ घण्टामा कोरोना संक्रमणबाट ४८१ जनाको मृत्यु

नयाँदिल्ली, मंसिर १० :  भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको छ। योसहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या...
भारतमा २४ घण्टामा कोरोना संक्रमणबाट ४८१ जनाको मृत्यु
फाइल तस्वीर

नयाँदिल्ली, मंसिर १० :  भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको छ। योसहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६९९ पुगेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। 

भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ। भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख २२ हजार पुगेको छ जसमध्ये ८६ लाख ४२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल ४ लाख ४५ हजार व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन्। भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार अठारौं दिन हो। 

Hardik ivf

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १३ करोड ४८ लाख ४१ हजार नमूना परीक्षण गरेको जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सरकारले कोभिड–१९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको बताए।  

उनले भने,“सरकारले खोप निर्माणमा ध्यान दिइरहेको छ। हामी खोप निर्माताहरुसँग छलफल गरिरहेका छौं। हामी विश्वका अरु नियामकहरु, सरकारहरु, बहुराष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कम्पनीसँग पनि छलफलमा छौं। अहिलेसम्म कति डोज आवश्यक हुन्छ भन्ने स्पष्ट भइसकेको छैन। हामीले अझै यसको सही उत्तर प्राप्त गरिसकेका छैनौं।” 

प्रधानमन्त्री मोदीले यही विषयमा राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरिरहेका छन्।  

प्रकाशित मिति: २३:१२ बजे, बुधबार, मंसिर १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्