Kathmandu Press

नागढुंगा–कलंकी सडकखण्डमा सिसी क्यामरा जडान

काठमाडौं, मंसिर १० :  चन्द्रागिरि नगरपालिकाले नागढुंगा–कलंकी सडकखण्डमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरेको छ।  काठमाडौं उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले शान्ति सुरक्षालाई...
नागढुंगा–कलंकी सडकखण्डमा सिसी क्यामरा जडान

काठमाडौं, मंसिर १० :  चन्द्रागिरि नगरपालिकाले नागढुंगा–कलंकी सडकखण्डमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरेको छ।  

काठमाडौं उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढङ्गले सञ्चालन गर्नका लागि मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामरा जडान गरेको हो।

Hardik ivf

नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको एक करोड रूपैयाँको लागतमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरिएको जानकारी दिए। “सिसी क्यामरा जडानसँगै नागढुङ्गा–कलङ्की क्षेत्रमा सडक अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, नगरप्रमुख गिरिले भने।

नगरपालिकाको वडा नम्बर २ नागढुङ्गादेखि वडा नम्बर १५ कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन्। उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरपालिकाले जनाएको छ। राजमार्ग क्षेत्रमा चन्द्रागिरीको ११ वडा पर्दछन्। चन्द्रागिरी नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो। यस नगरपालिकामा १५ वडा रहेका छन्।

नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ११ का वडाध्यक्ष हरिभक्त महर्जनले चन्द्रागिरिले सबै वडामा सिसी क्यामरा जडान गर्ने बताए। मुख्य राजमार्ग क्षेत्रमा नगरपालिकाले सिसी क्यामरा जडान गरेपनि भित्रि बाटोमा भने वडाले सिसी क्यामरा जडान गर्ने प्रवक्ता महर्जनको भनाइ छ। रासस

प्रकाशित मिति: २२:५८ बजे, बुधबार, मंसिर १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्