Kathmandu Press

आयंकामार्फत आउँदै प्रियंका

काठमाडौं, माघ १० : आयुष्मान देशराज जोशीसँग प्रेममा परेपछि प्रियंका कार्कीले आफ्नो ‘निकनेम’ राखिन्, ‘आयंका’ । यही नामबाट उनले आ....

आयंकामार्फत आउँदै प्रियंका

काठमाडौं, माघ १० : आयुष्मान देशराज जोशीसँग प्रेममा परेपछि प्रियंका कार्कीले आफ्नो ‘निकनेम’ राखिन्, ‘आयंका’ । यही नामबाट उनले आयंका फाउन्डेसन खोलेकी छन् । र, अभिनयसँगै समाजसेवामा पनि लाग्न लागेकी छिन् ।

आयंका फाउन्डेसनको पहिलो सामाजिक अभियानका लागि प्रियंका र आयुष्मान यसै साता वन तथा वातावरण मन्त्री शतिmबहादुर बस्नेतलाई भेट्न सिंहदरबार पुगेका थिए । यसको जानकारी प्रियंकाले नै इन्स्टाग्राम अकाउन्टमार्फत दिएकी छिन् ।

Hardik ivf

उनले केही फोटोहरू अपलोड गर्दै लेखेकी छिन्, “हाम्रो आयंका फाउन्डेसनमार्फत, आज माननीय वन तथा वातावरणमन्त्री शतिm बस्नेतज्यूसँग सामाजिक कार्यको अभियानको विषयमा छलफल गरियो ।”

उनको यो पोस्टमा सकारात्मक र नकारात्मक प्रतिक्रिया आइरहेका छन् । केही फलोअर्सले उनको यो कामको लागि बधाई दिएका छन् भने केहीले देखावटी भएको भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, माघ ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्