अव भृकुटीमण्डपमा हुने जुत्ता मेला सधैका लागि बन्द
काठमाडौं, बैशाख २३ः काठमाडौंको भृकुटीमण्डप स्थित सानो चौरमा अब्यवस्थित रुपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको &lsq....

काठमाडौं, बैशाख २३ः काठमाडौंको भृकुटीमण्डप स्थित सानो चौरमा अब्यवस्थित रुपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ सधैंका लागि बन्द हुने भएको छ ।
नेपालमा स्वदेशी ‘जुत्ता–चप्पल’ उद्योगीहरुले गरेको पत्रकार सम्मेलनमा उत्पादन भएका जुत्ता चप्पलहरुलाई कसरी लोकप्रिय बनाउने भन्ने सम्पुर्ण उद्योगीहरुको योजनाअनुरुप अब उप्रान्त सेल–मेला नलाग्नेबारे निर्णय भएको आयोजकले जानकारी गराएको छ । कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका अध्यक्ष कृष्ण फुयाँलले नयाँ कामको सुरुवात गर्नकै लागि यो मेलालाई बन्द गर्नुपरेको जानकारी दिए ।
‘सामुहिक प्रतिबद्धताअनुरुप उक्त स्थानमा सञ्चालन हुँदै आएको मेलालाई बन्द गर्न आफुहरु तयार भएका हौँ अहिले सञ्चालनमा रहेको उक्त मेलालाई आफ्ना तीनवटै संगठनको योजनाअनुसार आउने चूनौतीहरुको सामना गर्ने सहमतिअनुरुप यो कार्य गरिएको हो उनले भने’ त्यस्तै, कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन नेपालका नि–र्वतमान अध्यक्ष रविन कुमार श्रेष्ठले व्यवस्थित् तरिकाबाट जुत्ता–चप्पलको व्यापार आवश्यक रहेको बताए । ‘व्यवसायीहरुले दिर्घकालिन रुपमा आफ्नो व्यवसाय बढाउनपनि स्वदेशी उत्पादनलाई माया गर्न आवश्यक रहेको छ, श्रेष्ठले भने’
व्यापारी वर्गहरुलेपनि स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर र व्यापारीक अनुशासनलाई पनि कायम गर्दै विक्री वितरण गर्ने र आयातलाई निरुत्साहित गर्ने, आम नेपालीको खुट्टामा नेपाली (स्वदेशी) जुत्ता पु¥याउने आफुहरुको अभियान रहेकाले बन्द गर्न परेको व्यावयिकहरुले जनाएका छन् ।











-1754206481.jpg)