Kathmandu Press

प्रदेश १ मा थपिए २२८ जनामा कोरोना संक्रमित 

प्रदेश १ मा थपिए २२८ जनामा कोरोना संक्रमित 

विराटनगर, मंसिर ८ : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तीमध्ये १४८ पुरुष र ८० महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ३५ मध्ये विराटनगरमा २४, सुनसरीका ५१, झापाका ९२, संखुवासभाका ११, ताप्लेजुङका १०, खोटाङका चार, इलाम, उदयपुर र धनकुटाका तीन-तीन तथा तेह्रथुम र भोजपुरका एक-एक र प्रदेश बाहिरका १४ जना रहेका  छन्।

प्रदेशमा संक्रमितको संख्या अहिलेसम्म २५ हजार ५१८ पुगेको मन्त्रालयले जनाएको छ। प्रदेशमा अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या २० हजार ९९० पुगेको छ।  

पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको संख्या ९१ जना रहेको छ। अहिलेसम्म एक लाख ८४ हजार ३९९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ००:५२ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्