Kathmandu Press

एनएमबि बैंकको नाफा एक अर्ब ६५ करोड

काठमाडौं, वैशाख २३ : एनएमबि बैंकले नौ महिनामा एक अर्ब ६५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत वर्षभन्दा १९.९३ प्रतिशत बढी हो। गत वर्षको यसै अवधिम....

एनएमबि बैंकको नाफा एक अर्ब ६५ करोड

काठमाडौं, वैशाख २३ : एनएमबि बैंकले नौ महिनामा एक अर्ब ६५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत वर्षभन्दा १९.९३ प्रतिशत बढी हो। गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ३७ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा ९७ करोड २१ लाख ५४ हजार रुपैयाँ रहेको छ। चालु आवको तेस्रो त्रैमाससम्म ५०.८३ प्रतिशतले बढाएर खुद ब्याज आम्दानी तीन अर्ब नौ करोड ४१ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा दुई अर्ब पाँच करोड १३ लाख ६३ हजार रुपैयाँ रहेको थियो।

यस्तै बैंकको सञ्चालन मुनाफा दुई अर्ब ३४ करोड ९१ लाख ५९ हजार रहेको छ। जुन गत आवको तेस्रो त्रैमासिकभन्दा २३.३० प्रतिशतले बढी हो। गत आवको सोहि अवधिमा एक अर्ब ९० करोड ५१ लाख रुपैयाँ रहेको थियो।

नौ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा दुई अर्ब ४३ करोड ९९ लाख एक हजार रुपैयाँ रहेको छ। चालु आवको तेस्रो त्रैमासिकमा बैंकको खराब कर्जा घटेर ०.९७ प्रतिशत रहेको छ।

गत आवको तेस्रो त्रैमासिकमा बैंकको खराब कर्जा १.१० प्रतिशत रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २२ पैसा रहेको छ भने प्रति सेयर आम्दानी १५ रुपैयाँ ५५ पैसा रहेको छ।

 

प्रकाशित मिति: १५:०२ बजे, सोमबार, वैशाख २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्