Kathmandu Press

ब्रुनाइले समलिंगी यौन सम्पर्क राख्नेलाई मृत्युदण्ड नदिने

काठमाडौं, वैशाख २३ : ब्रुनाइका सुल्तान हसनल बोल्कियाहले समलिंगी यौनसम्बन्ध राख्नेलाई मृत्युदण्ड दिने विधेयक स्थगित गरेका छन्। जर्ज क्लुनी र एल्टन जोनजस्ता अन्तर्राष्ट्....

ब्रुनाइले समलिंगी यौन सम्पर्क राख्नेलाई मृत्युदण्ड नदिने
एजेन्सी

काठमाडौं, वैशाख २३ : ब्रुनाइका सुल्तान हसनल बोल्कियाहले समलिंगी यौनसम्बन्ध राख्नेलाई मृत्युदण्ड दिने विधेयक स्थगित गरेका छन्। जर्ज क्लुनी र एल्टन जोनजस्ता अन्तर्राष्ट्रिय सेलेब्रिटीले ब्रुनाइको उक्त विधेयकको खुलेर विरोध गरेका थिए।

अप्रिलको सुरूआतमा समलिंगी र विवाहेत्तर यौनसम्बन्ध तथा बलात्कारका घटनामा ढुंगाले हानेर ज्यान मार्नेलगायतका कठोर इस्लामी सरिया कानुन लागू गर्ने ब्रुनाइले घोषणा गरेको थियो। यसले अन्तर्राष्ट्रिय जगतमा हलचल मच्चिएको थियो।

ब्रुनाइले यस्तो कानुन लगाउन पाउने अधिकारको निरन्तर प्रतिरक्षा गर्दै आएको छ। सन् २०१४ देखि कानुन अवलम्बन गर्ने कार्य सुरू भएको थियो। त्यसयता चरणबद्ध रूपमा लागू भइरहेका छन्।

Hardik ivf

तर, आइतबार मात्रै सुल्तानले सरिया कानुनअन्तर्गत मृत्युदण्ड नदिइने जनाए। तेलको धनी राष्ट्रप्रति लक्षित आलोचनाको प्रत्युत्तरमा उनले यस्तो भनेका हुन्।

योजनाबद्ध हत्या र लागुऔषधको तस्कारीलगायतका केही अपराधमा ब्रुनाइमा मृत्युदण्ड दिने व्यवस्था भए पनि सन् १९९० को दशकदेखि कसैलाई मृत्युदण्ड दिइएको छैन।

‘सरिया कानुन कार्यान्वयन सम्बन्धमा धेरै प्रश्न र असझदारी भएको मलाई जानकारी छ। तर यसबारे प्रष्ट भएपछि, कानुनको महत्व स्पष्ट हुनेछ,’ रमादान सुरू हुनुअघि भाषण गर्दै सुल्तानले भने।

‘दुई दशकभन्दा लामो समयदेखि सामान्य कानुनअन्तर्गतका मुद्दामा मृत्युदण्ड दिने अभ्यास रोकेका छौं। सरिया कानुनमा पनि यो लागू हुनेछ, जसअन्तर्गत व्यापक छुटको व्यवस्था छ,’ उनले भने।

अकूत सम्पत्ति भएका सुल्तानले अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामालाई भेट्न निजी ७४७ एयरलाइनर आफैं उडाएर गएका थिए। उनको राजतन्त्रलाई निरंकुश मान्ने अभियन्ताबाट सुल्तानले निरन्तर आलोचना खेप्दै आएका छन्। तर, उनले प्रतिक्रिया भने विरलै दिने गरेका छन्।

सुल्तानको कार्यालयले भाषणको औपचारिक अंग्रेजी अनुवाद सार्वजनिक गरेको छ। सामान्यतया यस्तो हुँदैन।

‘सामान्य कानुन र सरिया कानुन दुवैले देशमा शान्ति र सद्भाव सुनिश्चित गर्ने लक्ष्य लिएको छ,’ उनले भने, ‘देशको नैतिकता र शिष्टाचार तथा व्यक्तिगत गोपतनियताको सुरक्षाका लागि पनि यिनीहरू महत्वपूर्ण छन्।’

सरिया कानुनको कार्यान्वयनलाई संयुक्त राष्ट्र संघले पनि भत्र्सना गरेको छ । विभिन्न सेलेब्रिटी र अधिकारवादी समूहले सुल्तानको स्वामित्वमा रहेका होटेल बहिष्कार गर्न माग गरेका थिए। सुल्तानको लन्डनमा डोरचेस्टर र लस एञ्जलेसमा बेभर्ली हिल्सलगायतका होटेल छन्।

त्यसयता थुप्रै बहुराष्ट्रिय कम्पनीले कर्मचारीलाई सुल्तानको होटेल प्रयोग गर्न प्रतिबन्ध लगाएका छन्। केही ट्राभल कम्पनीहरूले ब्रुनाइलाई पर्यटकीय गन्तव्यको रूपमा प्रवद्र्ध गर्न बन्द गरेका छन्। (रोयटर्स)

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, वैशाख २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्