Kathmandu Press

प्रदेश १ मा ५६० जना कोरोना संक्रमित घर फर्किए 

विराटनगर, मंसिर ४ :  प्रदेश १ मा पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल र होम आइसोलेशनबाट ५६०  कोरोना सङ्क्रमित निको भई घर फर्केका छन्।निको...
प्रदेश १ मा ५६० जना कोरोना संक्रमित घर फर्किए 
फाइल तस्वीर।

विराटनगर, मंसिर ४ :  प्रदेश १ मा पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल र होम आइसोलेशनबाट ५६०  कोरोना सङ्क्रमित निको भई घर फर्केका छन्।

निको हुनेको सङ्ख्या अहिलेसम्म १९ हजार ७८७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यस्तै, प्रदेशमा सोही अवधिमा गरिएको ८३३ जनाको पिसिआर परीक्षणमा ९९ महिलासहित २१८ सङ्क्रमित थपिएका छन्।

सङ्क्रमितमा मोरङमा ८६ मध्ये विराटनगरमा ६८, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, सङ्खुवासभामा चार, इलाममा तीन, उदयपुरमा दुई, धनकुटा र भोजपुरमा एक-एक र प्रदेश बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म सङ्क्रमितको सङख्या २४ हजार ७३४ पुगेको छ।

 प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ३६३ जनाको पीसीआर परीक्षण गरिएको  मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: ०१:१४ बजे, शुक्रबार, मंसिर ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्