Kathmandu Press

तिहारको अवसरमा नौलिन भद्रकाली मन्दिर सरसफाई

काठमाडौं, कात्तिक २९ : नमुना विकासशील यूथ क्लबले बूढानीलकण्ठ नगरपालिका १३ स्थित नौलिन भद्रकाली मन्दिर परिसरमा सरसफाई गरेको छ। शनिबार तिहारको अवसरमा मन्दिर...
तिहारको अवसरमा नौलिन भद्रकाली मन्दिर सरसफाई

काठमाडौं, कात्तिक २९ : नमुना विकासशील यूथ क्लबले बूढानीलकण्ठ नगरपालिका १३ स्थित नौलिन भद्रकाली मन्दिर परिसरमा सरसफाई गरेको छ। शनिबार तिहारको अवसरमा मन्दिर सरसफाई गरिएको हो।

कार्यक्रममा प्रदेश सांसद एवम् बागमती प्रदेशका लेखा समिति संयोजक न्हुक्षे नारायण श्रेष्ठले तिहारको अवसरमा शुभकामना दिनुको साथै क्लबले गर्दै आएको कामको प्रशंसा गरेका थिए।

Hardik ivf

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ र अतिथि कम्युनिटी केयर नेपालका अध्यक्ष ई. बिजेन्द्र श्रेष्ठ, वडा सदस्य श्याम श्रेष्ठ, स्थानीय समाजसेवी महेन्द्र श्रेष्ठ, मदन श्रेष्ठ, भाई नारायण श्रेष्ठ लगायतका उपस्थिती रहेको थियो।

समाजका बिभिन्न गतिबिधिहरुमा सकृिय क्लबले महामारीको समयमा मास्क तथा राहात वितरण गर्नुका साथै कार्तिक १ गते रक्तदान कार्यक्रम  र कार्तिक ६ गते बूढानीलकण्ठ नगरपालिका १० स्थित मनकामना मन्दिर सरसफाई कार्यक्रम समेत गरेको थियो।

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, कात्तिक २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्