धादिङमा ट्रकको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु
धुनिबेँसी, मंसिर ३ : धादिङमा ट्रकको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।धुनिबेँसी नगरपालिका–७ खानीखोलामा ट्रकको ठक्करबाट धुनिबेँसी नगरपालिका–७ का आठ वर्षीय रीतेश...
धुनिबेँसी, मंसिर ३ : धादिङमा ट्रकको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।
धुनिबेँसी नगरपालिका–७ खानीखोलामा ट्रकको ठक्करबाट धुनिबेँसी नगरपालिका–७ का आठ वर्षीय रीतेश तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय धुनिबेँसीका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिइन्।
काठमाडौंबाट नारायणघाटतर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको उनले बताइन्। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ००:३२ बजे, बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












