Kathmandu Press

श्रीलंका बिष्फोटमा यसरी जोगिए शिल्पाका पति राज

काठमाडौं, वैशाख २२ : श्रीलंकामा भएको श्रृंखलाबद्ध विस्फोटमा बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा जोगिएको शिल्पाले बताएकी छन्।

को....

श्रीलंका बिष्फोटमा यसरी जोगिए शिल्पाका पति राज
एजेन्सी

काठमाडौं, वैशाख २२ : श्रीलंकामा भएको श्रृंखलाबद्ध विस्फोटमा बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा जोगिएको शिल्पाले बताएकी छन्।

कोलम्बोका तीन होटल र चीत चर्चमा भएको विस्फोटमा दुई सय ५० जनाको मृत्यु भएको थियो। सयौं घाइते भएका थिए।

बलिउड अभिनेत्र शिल्पाले एक कार्यक्रममा बोल्दै राज भाग्यले घटनाबाट जोगिएको बताएकी हुन्। ‘श्रीलंका बम बिस्फोटमा राज कुन्द्राको पनि ज्यान जान सक्ने थियो तर भगवानको कृपाले यस्तो नराम्रो घटना हुनबाट बचियो,’ उनले भनिन्।

बम विस्फोट भएका मध्ये एक होटलमा राज बस्ने कार्यक्रम तय भएको उनले खुलाइन्। ‘श्रीलंकाको जुन होटलमा बम बिस्फोट भएको थियो, त्यहाँ राज र उनका साथीहरू बस्ने कार्यक्रम थियो। तर, बिस्फोट हुनु अघि नै त्यहाँको यात्रा रद्द भयो,’ शिल्पाले भनिन्।

कार्यक्रममा बोल्दै उनले बम बिस्फोटमा मारिएकाहरुको आत्माको शान्तिका लागि कामना गरिन्। शोक सन्तप्त परिवारप्रति समवेदन प्रकट गरेकी छन्।

प्रकाशित मिति: १३:५९ बजे, आइतबार, वैशाख २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्