Kathmandu Press

प्रभु बैंकको नौ महिनाको नाफा एक अर्ब ४५ करोड

काठमाडौं, वैशाख २२ : प्रभु बैंकले नौ महिनाको आम्दानीमा ५८.३६ प्रतिशत बृद्धि गर्दै एक अर्ब ४५ करोड कमाएको छ।

तीन महिनाको अवधिमा करिब १० अर्बल....

प्रभु बैंकको नौ महिनाको नाफा एक अर्ब ४५ करोड

काठमाडौं, वैशाख २२ : प्रभु बैंकले नौ महिनाको आम्दानीमा ५८.३६ प्रतिशत बृद्धि गर्दै एक अर्ब ४५ करोड कमाएको छ।

तीन महिनाको अवधिमा करिब १० अर्बले निक्षेप संकलन बढाएको प्रभुले कर्जा प्रवाह १४ अर्बले बढाउँदा सीसीडी अनुपात भने ७४.४९ प्रतिशतबाट ७५.८२ प्रतिशत पुगेको छ।

बैंकको पुँजीकोष अनुपात ११.४४ प्रतिशत छ। यसले पुँजीकोषमा वृद्धि गर्नुपर्ने बाध्यता बैंकलाई देखिन्छ। आठ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको बैंकको यो शेयर वितरणप्रश्चात् अनुपातमा केही सुधार देखिने छ।

नाफासँगै बैंकका वित्तीय परिसूचकमा उच्च सुधार देखिएको छ। बैंकको निष्क्रिय कर्जा अनुपात ३.९० बाट घटेर २.४२ प्रतिशतमा झर्दा लोन लस प्रोभिजन ७५ प्रतिशतबाट बढेर १३० प्रतिशत पुगेको छ।

त्यस्तै अघिल्लो त्रैमासमा ६.३९ प्रतिशत रहेको कस्ट अफ फन्ड ०.२१ प्रतिशतले घटेर ६.१८ प्रतिशत कायम हुँदा बेसरेटमा १.०१ प्रतिशतभन्दा बढीले घटेर ९.१६ प्रतिशत कायम भएको छ।

यो बेसरेटका आधारमा प्रभु बैंकका ऋणीहरूको ब्याजदर एक प्रतिशतभन्दा बढीले सस्तिने देखिएको छ। अन्य वित्तीय परिसूचकको सुधारसँगै बैंकले ४.४१ प्रतिशत रहेको स्प्रेडदर ४.८८ प्रतिशतमा पु¥याएको छ।

बैंकले अघिल्लो वर्ष ५.९० अर्ब रहेको ब्याज आम्दानी बढाएर ८.०१ अर्ब पुर्‍याउँदा ब्याज खर्च ३.९५ अर्बबाट बढाएर ४.६४ अर्ब पुर्‍याएको छ। प्रशासनिक खर्च पनि बढेर एक अर्ब सात करोडबाट एक अर्ब २४ करोड पुगेको छ।

 

प्रकाशित मिति: १२:२३ बजे, आइतबार, वैशाख २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्