झापामा आगलागीमा परेर सात वर्षीया बालिकाको मृत्यु
दमक, मंसिर १ : झापामा मैनबत्तीबाट आगो सल्केर एक बालिकाको मृत्यु भएको छ। कमल–२ स्थित थापा गाउँका ध्रुब परियारकी सात वर्षीया छोरी रेजुका...
दमक, मंसिर १ : झापामा मैनबत्तीबाट आगो सल्केर एक बालिकाको मृत्यु भएको छ। कमल–२ स्थित थापा गाउँका ध्रुब परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको थियो। आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा जलेर नष्ट हुँदा करिब १५ लाख बराबरको क्षति भएको छ। आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते भएका थिए। स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको आएको पण्डितले बताए।
प्रकाशित मिति: १५:५१ बजे, सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












